प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसी कार्यक्रमका कक्षाहरु सञ्चालन हुनेछन् । इलाम नगरवासी प्राविधिक विषय अध्ययन गरेर यहीँ रोजगारीको अवसर सिर्जना होस् भनेर प्राविधिक विषय अध्ययनका लागि कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । चालु आव २०७९/८० मा २४ प्रशिक्षार्थी नगरपालिकाबाट अनुदान सहयोगबाट छात्रवृत्ति प्रदान गर्नका लागि सम्झौता भएको हो । नगरप्रमुख केदार थापा र शिक्षालयका कार्यालय प्रमुख दीप
देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम
सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिएका छन् । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताए।त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो ग
दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो । विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ । यता कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहर थुप्रिन थालेको जनाएको छ
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इञ्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबार, स्थायी टावर र यात्रु प्रतीक्षालय निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको जानकारी दिए। “विमानस्थल उद्घाटन त गरियो तर सुरक्षाको लागि केही पनि नभएकाले यो वर्ष घेराबार गर्ने तयारी छ”, निर्देशक भण्डारीले भने । बजेट पास भएर आएकाले अब दसैँ तिहारपछि काम अगाडि बढ्ने गरी योजना तयार हुँदै गरेको पनि उनले बताए । प्राधिकरणले समेत लगानी गर्ने गरी
बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् । बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् । बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले खेती गर्दैनन् । विगतमा खेती गर्नेले समेत यस वर्ष खेती गर्ने आँट गरेनन् । भजनीका हरिबहादुर चौधरीले गत वर्ष निकै मेहनत गरेर धान खेती गर्नुभएको थियो । कात्तिक २ गते आएको बाढीले हरिबहादुरको दुई बिघा काटेर खेतमै थुपारेको धान बाढीमा मिसियो ।
नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट जिल्लाको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले राससलाई जानकारी दिए । उक्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो । भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
क्यानबेरा(अष्ट्रेलिया) अष्ट्रेलियाको क्यानबेरास्थित डिक्सन डिष्ट्रिक खेल मैदानमा आगामी अगष्ट २८ मा एक दिवसीय टी १० क्रिकेट च्याम्पियनशिप प्रतियोगिता हुने भएको छ । एभरेष्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा बुद्ध नेप्लिज क्रिकेट क्लबको आयोजनमा हुने सो प्रतियोगिता एभरेष्ट कप २०२२ को नामले प्रतिष्पर्धा हुने कुरा आयोजकले बताएको छ । सो प्रतियोगितामा बंगलादेशी, श्रीलंकन, पाकिस्तानी, नेपाली, सिड्नी लगायतका ८ क्रिकेट क्लबहरु सहभागी हुने भएकोले अत्यन्तै रोमाञ्चकारी खेल हुने बताइएको छ । एभरेष्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मुख्य प्रायोजकका रुपमा रही खेल जगतलाई हौसला दिएको बुद्ध नेप्लि
विराटनगर। पूर्वी सहरको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको आकस्मिक कक्षमा शैय्या थप गरि व्यवस्थित बनाएको छ । विरामीको चापको कारण शैय्या अभावले झ्यालमा विरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २८ वटा वेड थप गरेको हो ।यसअघि कोशीको आकस्मिक कक्षमा १२ वटा मात्र शैय्यामा राखेर उपचार गरिनुपर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको बाध्यता रहेको थियो । २८ वटा शैय्या थप गरि अहिले ४० वटा पुगेपछि उपचार सेवामा थप सहजता हुने कोशी अस्पतालका सुपरिटेन्डेण्ट (मेसु) डा. यज्ञराज खरेलले बताए । ‘शैय्या अभावको कारणले यसअघि विरामीलाई अस्पतालको झ्याल र एउटै बेडमा तीन जनासम्म विरामी राखेर उपचार गर
जन्मेको ३५ दिनभित्र छ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ । दिगो विकास लक्ष्यका विषयमा नेपाल पिपल्स फोरममा आज भएको छलफल कार्यक्रममा गृह मन्त्रालयका उपसचिव विनिता भट्टराईले ३५ दिनदेखि पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता भने ७७ प्रतिशत हुने गरेको जानकारी दिइन् । व्यक्तिगत पहिचानका प्रमाणपत्र बनाउन जन्मदर्ता अनिवार्य गरिएको जानकारी पनि उनले कार्यक्रममा गराइन् । संविधानको धारा ३९ मा बालबालिका जन्मेको ३५ दिनभित्र निःशुल्क जन्मदर्ता हुने व्यवस्था छ । ३५ दिनपछि भने जन्मदर्ताका लागि शुल्क लाग्छ । व्यक्ति पहिचानका लागि अहिले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रको व्यवस्था छ । राष्
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved