अपराध

    Showing ९१-१०० of २,०४५ items.
  • लौकहीबाट लागूऔषधसहित एक भारतीय पक्राउ

     भण्टाबारी । लकडाउनको समयमा लागूऔषध ओसारपसार गर्ने एकजना भारतीय नागरिक सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन् । मंगलबार राति पौने १२ बजेको समयमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीस्थित दसगजा क्षेत्रबाट प्रतिबन्धित लागूऔषधसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बिओपी लौकहीका इन्स्पेक्टर भूपेन्द्रकाजी निरौलाले जानकारी दिए । बिओपी लौकही र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलिले स्पास्मो ५२७ पीस, डाइलेक्ष डिसि २८ बोतल र गाजा ३० ग्राम टाउकोमा ल्याउदै गर्दा भारत जिल्ला अररिया पन्चायत ७ बेला बस

    • प्रकाशित मितिः बैशाख ३१, २०७७
    • ८७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान ५ का सुनिलले गरे झुण्डीएर आत्महत्या

    ब्लाष्टखबर । धरान उपमहानगरपालिकामा एक युवाले अफ्नै घरमा झुण्डीएर आत्महत्या गरेका छन् । ५ नम्बर वडा स्थित देउरालीका २९ वर्षीय सुनील ढुङ्गेलले अफ्नै घरमा सलको पासो लगाएर झण्डीएर आत्महत्या गरेका हुन । करीब ३ बजे झुण्डीउको अवस्थामा देखे पछि स्थानीयले प्रहरीलार्ई खबर गरेका थियो । घटना स्थलमा पुगेको प्रहरीले घटना स्थलको मुचुल्का उठाई शव लाई पोष्टमार्टकालागी वीपी कोइराला सवास्थ विञान प्रतिष्ठान लगिएको देउराली स्थीत अस्थाइ प्रहरी पोष्टमा कार्यरत प्रहरीले बताएका छन् । मृतक ढुङ्गेल अत्याधिक मधिरा सेबन गर्ने गरेकाे र उनकी श्रीमती करीब ३ वर्षा अघि उनलाइ छाडेर अर्कैसंग गएकाे प्रहरीले बताएकाे छ । उनकी १

    • प्रकाशित मितिः बैशाख ३१, २०७७
    • ४,५३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वराहक्षेत्रमा ठूलो परिमाणमा सशस्त्र प्रहरीद्वारा लागु औषधसहित एक पक्राउ

    वराहक्षेत्र /  सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले, ठूलो परिमाणको लागुऔषधी सहित एकजना पक्राउ गरेको छ । सशस्त्रले सोमवार वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ८ वाट कोशी गाउँ पालिका वार्ड नम्बर १ लौकही बस्ने १९ वर्षका रोशन झालाई लागुऔषधसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीले नहरको वाटोमा राखेको चेक प्वाइन्टवाट, लौकहीवाट स १० प ४६९२ नम्बर पल्सर मोटरसाइकलमा आउँदै गरेको झालाई विहान ४ वजे पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराका प्रहरी निरीक्षक अशोक न्यौपानेले बताए । झा को साथवाट २ एमएलको एक सय पचासको दरले लिजेसीक,फेनारगन र डाइजेल्याब गरी ४ सय ५० थान इन्जेक्सन एमपुल

    • प्रकाशित मितिः बैशाख ३०, २०७७
    • ३,६९४ पटक पढिएको
    • सन्तोष गुप्ता
  • धरानमा पास नलिई ठेलामा सब्जी बिक्री गर्ने दुई ठेलावाल नियन्त्रणमा

    धरान । पास नलिई ठेलामा घुमाएर सब्जी बिक्री गरेको पाइएपछि दुई वटा ठेलावाललाई नियन्त्रणमा लिइएको छ । पास नलिई ठेलावालाले महँगो मूल्यमा तरकारी बेचेको भन्ने गुनासोको आधारमा नियन्त्रणमा लिइएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार धरान १ का ठेलावालाहरूले अन्यत्र पनि लगेर बेचेको पाइएको छ । उनीहरूलाई नगर प्रहरीले नियन्त्रणमा लिएर भोलि धरान उपमहानगरपालिका आउनका लागि निर्देशन दिइएको छ । त्यस्तै साताको दुई दिन मात्रै पुस्तक पसल खोल्न दिइएको अनुमति कार्यान्वयन नगरिएपछि धरान–१२ को महेन्द्र पथमा खुलेका पुस्तक पसलहरू बन्द गर्न लगाइएको छ । सोमबार र बिहीबार

    • प्रकाशित मितिः बैशाख ३०, २०७७
    • ३२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • आफ्नै बारीमा टाउको काटिएको अवस्थामा शव फेला

    ब्लाष्टखबर । लहानमा आफ्नै बारीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा  शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । सोमबार राति नै हत्या भएको आशंका गरीगएकाे उनकाे कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए । प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गर

    • प्रकाशित मितिः बैशाख ३०, २०७७
    • ९०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भद्रपुरका तरकारी व्यवसायीसँग सहमति

    भद्रपुर । प्रहरीले हातपात गरेको विरोधमा शनिबारदेखि आन्दोलित बनेका तरकारी व्यवसायी सहमतिमा आएका छन् । झापा उद्योग वाणिज्य सङ्घ भद्रपुरमा सोमबार बसेको सर्वपक्षीय बैठकमा दुवै पक्षबिच सहमति भएको हो । लकडाउनको पालना गर्ने र गराउने विषयमा प्रहरी र व्यवसायी दुवैबाट कमीकमजोरी भएको निष्कर्ष बैठकले निकाल्दै यस्ता कमीकमजोरी आइन्दा नदोहोराउने, सरकारको निर्देशन बमोजिम सामाजिक दुरी कायम राख्दै यहाँका तरकारी व्यवसायीले जहाँ पसल गरिरहेका छन् । त्यही बिहान ८ बजेदेखि १२ बजेसम्म कारोबार गर्ने र प्रहरी जनताको साथी अवधारण अनुसार नगरमा काम गर्ने निर्णय भएको सङ्घका अध्यक्ष नवराज पनेरुले जानकारी दिए । आन्दोलन फिर्त

    • प्रकाशित मितिः बैशाख ३०, २०७७
    • ६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मिक्लाजुङमा ९ वटा पसलमा जरिबाना, प्राची फार्मेसी शिल

    मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपािलकाको मधुमल्ला बजारको सोमबार अनुगमन गरी नौं वटा पसललाई जरिबाना गरिएको छ । प्रत्येक पसललाई ५ हजारको दरले जरिबाना गरिएको छ । यसक्रममा मिक्लाजुङ ९ को प्राची फार्मेसी शिल गरिएको छ । सोमबार मिक्लाजुङ गाउँपािलका उपभोत्ता हित संरक्षण समिति तथा अनुगमन समिति, वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालय मोरङ, औष्धि व्यवस्था विभाग मोरङले मधुमल्ला बजारको संयुत्तः अनुगमनको क्रममा जरिबाना र शिल गरिएको हो । अनुगमनको क्रममा प्राची फार्मेसीमा फार्मासिस्ट नभएको र फार्मेसीको २०७२ सालदेखि दर्ता नवीकरण समेत नभएका कारण तत्काल बन्द गरी आवश्यक प्रक्रियाको लागि औषधि व्यवस्था

    • प्रकाशित मितिः बैशाख ३०, २०७७
    • २४१ पटक पढिएको
    • सन्ताेष गाैतम
  • उखु किसानको भुक्तानी विवादमा झडप, ११ जना घाइते

      सर्लाही / सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा विवाद उत्पन्न हुँदा भएको झडपमा ११ जना घाइते भएका छन् । सो गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी बिक्री वितरण गर्नका लागि लैजाने भन्दै गतरातमा आएका ६ वटा ट्रकलाई स्थानीय उखु उत्पादक किसानले नियन्त्रणमा लिएका थिए । बिक्री गरेको उखुको भुक्तानी नदिएसम्म ट्रक नछाड्ने अडान किसानले लिएका थिए ।   इलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया प्रहरी चौकी भवानीपुरमा किसानले नियन्त्रणमा लिएका ट्रक राखिएको छ । हरकठवामा रहेका चारमध्ये दुईवटा ट्रकमा चिनी लोड छ भने दुईवटा खाली रहेका छन् । यस्त

    • प्रकाशित मितिः बैशाख २९, २०७७
    • १३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउनकाे माैका छाेप्ने ११ चाेर पक्राउ

      काठमाडौँ ।  कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती बढाएको थियो । उनले भने,“गस्ती बढाएसँगै लकडाउनको मौका छोपी चोरी गर्नेलाई पक्राउ गरी अनुसन्धनपश्चात् कानूनी कारवाही अघि बढाइएको छौँ । ती मध्ये कोह

    • प्रकाशित मितिः बैशाख २९, २०७७
    • १३५ पटक पढिएको
    • रासस
  • धरानमा लकडाउन उल्लंघन गरेपछि १६६ वटा सवारी नियन्त्रणमा

    धरान । इलाका प्रहरी कार्यालय धरानले लकडाउन उल्लंघन गरेको भन्दै सोमबार १६६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । इप्रका धरानले १६५ वटा बाइक र स्कुटीलाई नियन्त्रणमा लिएको छ भने एउटा सिटी सफारीलाई पनि नियन्त्रणमा लिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । बाइक र स्कुटीको चाँबी नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जानकारी दिए । त्यस्तै एउटा सिटी सफारीले यात्रुहरू खोज्दै हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ । यी सबै सवारीहरूले जिल्ला प्रशासनबाट कुनै पनि अनुमति नलिएको पाइएपछि नियन्त्रणमा लिइएको हो । धरानमा लकडाउन उल्लंघन दैनिक भइरहेको छ । प्रहरीले दैनिक मानिससहित सवारीलाई नियन

    • प्रकाशित मितिः बैशाख २९, २०७७
    • १,१२६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved