धरान / बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास आज विहान विराटनगरबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ५ बजे विराट नर्सिङहोमबाटै नियन्त्रणमा लिएको हो । उनी विरुद्ध एक महिलाले बलात्कार गरेको उजुरी प्रहरीमा परे पछि उपचारका लागि भन्दैं विराटननसिंह होम भर्ना भएका थिए । महिलासँग घट्ना सार्वजनिक नगरिदिनु भन्दैं बोलेको फोन अडियो महिलाले सार्वजनिक गरे पछि उनी झन विमारी परि आसियुमा भर्ना गरिएको थियो ।

अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी ल्याइएको जिल्ला प्रहरी कार्यालय इनरुवाका डिएसपी  विनोद शर्माले जानकारी दिएका छन् । ‘चिकित्सकले नलैजानु भन्दैं थिए तर हामीलेआफ्नो काम पुरा गर्न ल्याएका छौं । आजै अदालतमा उपस्थित गराउछौं ।’–डिएसपी शर्माले भने–‘अव के गर्ने भन्ने चाही अदालतले निर्णय गर्ने छ ।’ उनलाई पक्राउ गर्न हिजो विहानदेखिनै प्रहरी परिचालन गरिएको थियो ।

‘माइनर हर्ट अट्याक भएकाल ेहाल सुधार आएको चिकित्सक ज्ञानेन्द् गिरीले जानकारी दिएका छन् । उनलाई एम्बुलेन्समा नै जिप्रका इनरुवा ल्याइएको हो ।

गत कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो । यता कृष्णदासले भने आरोप झुट्टो भएको बताउदैंआएका छन् । न्युज २४ मार्फत सार्वजनिक भएको फोन अडियो फेक भएकोसमेत उनले बताएका छन् ।