विजयपुर । मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको छ ।
शुक्रबार मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले पाँच जना सवार उक्त हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिए । क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएको प्रबन्ध निर्देशक लामिछानेले बताए । दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण–पूर्वमा पर्छ । क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकप्टरमा चार यात्रु र चालक दलका एक जना रहेका छन् । रासस






























