-भोजराज श्रेष्ठ

इराकी सेनाले अमेरिकी सेनालाई बन्दी बनाए झैँ नेपाली सेनालाई पनि अमेरिकी सेना नेपालमा आएमा बन्दी बनाउने आशयको फोटो राखेको विषय अहिले सामाजिक सञ्जालमा फैलिएको छ । उक्त फोटोसहित क्याप्सनमा चाहिँ “ इराकी सेनाले अमेरिकी सेनालाई बन्दी बनाएका छन् र यो पोस्ट हाम्रो नेपाली सेना प्रमुख भए ठाउँमा पुगोस् । तपाईंहरुले यो चित्र हेरेर के बुझ्‌नुहुन्छ ? तपाईहरुको पनि हालत यही हुन बेर छैन सचेत रहनुहोला । स्वर्णिम वाग्लेले सेनाको संख्या घटाउनुपर्छ भनेर नेपाली सेनामाथि प्रहार गरेर बोलेको शब्द पनि याद होला सायद ।” भन्दै लेखिएको विषय भाइरल भएको हो । 

उक्त विषयमा ब्लाष्ट खबरको तथ्य जाँचले तस्बिर एआईबाट बनेको पुष्टि भएको छ भने स्वर्णिम वाग्लेले सेनाको संख्या घटाउने विषयमा कुनै समयमा बोलेको कुरा चाहिँ सत्य रहेको पाइएको छ । 

के हो दाबी ? 

२९ हजार फलोअर रहेका राजीव भट्टराई (Rajib Bhattrarai) नामक फेसबुक प्रयोगकर्ताले शनिबार १२ बजेर ४१ मिनेट (२०२६ मार्च ७) मा फोटोसप गरी तीनवटा फोटो एकै ठाउँमा राखेर चेतावनीको शैलीमा लेखेका छन् । 

हेर्नुहोस् स्क्रिन सट ।

Screenshot 2026-03-08 at 21.42.19 1

राजीव भट्टराईको फेसबुक पेजको लिंक र अर्काइभ लिंक ।

उनले लेखेको स्टाटसमा हामीले तथ्य जाँच गरिरहँदा ३.८ हजार रियाक्सन, २४३ कमेन्ट र २९९ पटक शेयर गरिएको छ ।

के हो तथ्य ? 

यसबारे हामीले गुगल रिभर्स इमेजमा लगेर एउटा फोटोलाई हाल्यौँ । फोटो हाले पछि गुगलले सोही प्रकृतिको थुप्रै फोटो देखायो । फोटोमा क्लिक गरी जाँच गर्दा देखाएका अधिकांश फेसुबकहरु कुनै खुलेनन् । त्यसपश्चात् कुनै फ्याक्ट चेक भएको छ कि भनी पुनः जाँच गर्यौँ । यसक्रममा २०२६ मार्च ६ तारिकका दिन एपिएफले फ्याक्ट चेक गरेको पायौँ । 

हेर्नुहोस् स्क्रिन सट ।

Screenshot 2026-03-08 at 21.49.40

एपिएफले गरेको फ्याक्ट चेकको लिंकअर्काइभ लिंक । 

त्यसपश्चात् अर्को पनि हबरलर डटकम वेबसाइट देखायो । सो जाँच गर्दा पनि तस्बिर एआई निर्मित भनी देखायो । 

हेर्नुहोस् स्क्रिन सट ।

Screenshot 2026-03-08 at 21.47.31

हबरलर डटकमको लिंक तथा अर्काइभ लिंक

यसपश्चात् हामीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता स्वर्णिम वाग्लेले नेपाली सेनाको संख्या घटाउने विषयमा बोलेको कुरा सही हो वा होइन भन्ने विषयमा तथ्य जाँच गर्यौँ । जसका लागि गुगलमा गई जाँच गर्दा सेतोपाटी डटकम र हाम्रो कुरा डटकममा उक्त कुरा आएको रहेछ । सेतोपाटी डटकमको समाचार जाँच गर्दा उनले बोलेको कुरा पुष्टि भयो । 

हेर्नुहोस् स्क्रिन सट ।

Screenshot 2026-03-08 at 21.51.04

सेतोपाटी डकटमको समाचारको लिंक अर्काइभ लिंक । 

यस्तै हाम्रो कुरा डटकममा पनि स्वर्णिम वाग्लेलगायत नेताले बोलेको कुरा आयो ।

हेर्नुहोस् स्क्रिन सट ।

Screenshot 2026-03-08 at 22.44.50

हाम्रो कुरा डटकममा प्रकाशित समाचारको लिंकअर्काइभ लिंक । 

तथ्य जाँच

दाबी : अमेरिकी सेना नेपाल आएमा नेपाली सेनालाई बन्दी बनाउने र नेपालको अस्तित्व संकटमा पर्ने । रास्वपाका नेता स्वर्णिम वाग्लेले नेपाली सेनाको संख्या घटाउने विषयमा वकालत गर्दै आएको । 

दाबीकर्ता : राजीव भट्टराई नामक फेसबुक प्रयोगकर्ता । 

तथ्य : भ्रामक सूचना । उक्त फोटो असान्दर्भिक सन्दर्भलाई जोडेर एआई निर्मित तस्बिर राखेको पायौँ । उक्त फोटो नेपालको सन्दर्भसँग कहीँकतै मेल खाँदैन । रास्वपा आए पछि अमेरिकी सेना आउने भन्ने विषयमा पनि कुनै सत्यता छैन । स्वर्णिम वाग्लेले आर्थिक संकटलाई घटाउनका लागि नेपाली सेनाको संख्या घटाउने विषयमा विगतमा बोलेको विषयलाई असान्दर्भिक विषयसँग जोडेको पाइयो ।