विजयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा नेपाल सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्वाचनमा सर्वसाधारण नागरिकको सहज सहभागिता सुनिश्चित गर्न सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ। उक्त निर्णयअनुसार सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा शैक्षिक संस्थाहरूमा बिदा लागू हुने छ ।