विजयपुर। निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ।
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदान मितिभन्दा सात दिन अगाडिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म प्रतिबन्ध लागू हुनेछ।
यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुने तय भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा योजनाअन्तर्गत निर्णय गरेको जनाइएको छ।































