निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन विदा दिन सरकारलाई सिफारिस गरेको छ । 

फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हो । निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताए । फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ ।  तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।