नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार सुनसरीको इनरुवा नगरपालिका ५ सब्जि बजारबाट इनरुवा १० का आजाद मियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले सब्जि खरिद गरी नक्कली नोट दिएको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ५ सयका आठ थान चार हजार नक्कली नोट फेला परेको प्रहरीको भनाइ छ । उक्त नोटसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
































