धरान । सुनसरीको धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा आइतबार दिउँसो साढे ३ बजेतिर एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहार गरी स्थानीय २२ वर्षीय सुवास राई घाइते भएका छन् ।
घरमै बसिरहेको अवस्थामा चाचा भन्ने व्यक्तिसहित २–३ जनाको समूहले उनीमाथि धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आक्रमणबाट राईको दुवै हातको नाडी र कम्मरमा गहिरो चोट लागेको छ । घटनालगत्तै उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनको अवस्था मध्यम् रहेको प्रतिष्ठानले जानकारी दिएको छ । प्रहरीले आक्रमणकारीहरूको खोजी कार्य तीव्र पारेको छ ।