धरान । सुनसरीको कोशी गाउँपालिका–८ भीमनगर बोर्ड पोष्टनजिकै जाली नोटको काराबोर भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले सोमबार दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार केही थान जाली नोट पनि बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको लु.९२ प २३८० नम्बरको मोटरसाइकल चालक सप्तरी हनुमान कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र पछाडि सवार सोही नगरपालिका १ नम्बर वडाका २५ वर्षीय राजेश चमार रजकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट एक हजार दरको ३८ थान जाली नोट बरामद गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।