भदपुर । लागूऔषध कारोेबारमा संलग्न भएको अभियोग लागेका नेकपा (एमाले)का बिर्तामोड नगर कमिटी सदस्य भानुभक्त खरेललाई निलम्बन गरेको छ ।
एमाले बिर्तामोड नगर कमिटीको शनिबार सम्पन्न बैठकले खरेललाई अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
नेकपा (एमाले) नगर कमिटी अध्यक्ष सुवास भट्टराईद्वारा जारी विज्ञप्तिमा गलत क्रियाकलापमा संलग्न जोकोहीलाई कारबाही हुनु पर्छ भन्ने मान्यता पार्टीको रहेकाले उनलाई निलम्बन गरिएको भनिएको छ ।
प्रहरीले खरेलले सञ्चालन गरेको सनलाइट फर्मा पसलको गोदामबाट ठूलो परिमाणमा लागूऔषध फेला पारेको थियो । घटना लगत्तै खरेल फरार छन् । प्रहरीले खरेलको खोजतलास तीव्र पारेको जनाएको छ ।
लागूऔषधसँगै सञ्चालक खरेलका स्टाफ(कर्मचारी) अर्जुनधारा–६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।