श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ २५ गते शुक्रबार, ७ जुन २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ शुक्ल पक्षको प्रतिपदा तिथि १६ः५८ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मृगशिरा १९ः५४ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हड्बडले बोलीको प्रभाव कमजोर बन्न सक्छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पु¥याउनु होला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रम गरे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीले गर्दा अरूले लाभ उठाउन सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला । सोखले खर्च बढाउनेछ र काममा केही उल्झन आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइले सहयोग जुटाउनेछन्। मिहिनेतको फल प्राप्त हुनेछ । परिस्थिति सहज बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। बन्न लागेको काम बिग्रन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चल–अचल धनको उपयोगबाट लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।