विजयपुर । जबरजस्ती करणी गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २० गते सङ्खुवासभा जिल्ला सभापोखरी गाउँपालिका –६ कोक्तासिङका ५३ वर्षीय धनबहादुर लिम्बू (ज्वाने) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका मिडिया समन्वय अधिकृत रामकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार परिवर्तित नाम सङ्खुवासभा–(ञ) लाई जेठ १४ गते जबरजस्ती करणी गरेको उजुरीको आधारमा लिम्बूलाई घरबाट पक्राउ गरेको हो ।

लिम्बूलाई प्रहरी चौकी बाह्रबिसेले पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थप भई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।