धरान । साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र अपोलो अस्पतालबीच शनिबार सम्झौता भएको छ ।

बैङ्कका ग्राहक तथा कर्मचारीलाई उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने उद्देश्यका साथ सम्झौता भएको हो । सम्झौता पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र अपोलोका तर्फबाट सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत तथा डुगर ग्रुपका उपाध्यक्ष अभिषेक दुगरबीच हस्ताक्षर भएको छ ।

बैङ्कका ग्राहक तथा कर्मचारीले अपोलोको मुख्य अस्पताल चेन्नई, अपोलो क्यानस इन्स्टिच्यूट चेन्नई, हैदरावाद, बैङ्गलौर, मुम्बई, न्यू दिल्ली, कोलकातामा अपोलोको अस्पतालको सञ्जालमा सुविधा रहेको जनाएको छ ।