झापाका होटलहरूमा वेश्यावृत्ति र लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

भारी मात्रामा प्रतिबन्धित औषधिसहित झापा बिर्तामोडस्थित बसपार्कको एक होटलमा काम गर्ने मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थायी घर भएका कामदार २२ वर्षीय सगुन राई पक्राउ परेका हुन् ।

अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित पुरानो माउन्ट मेची होटल एन्ड लजबाट गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीले विभिन्न नाम गरेका प्रतिबन्धित औषधिहरू बरामद गरेको छ ।

प्रहरीका अनुसार विभिन्न नामका ८ हजार तीन सय ११ ट्याब्लेट बरामद गरिएको छ । त्यस्तै नेपाली नगद चार हजार ६ सय ३५ र एक थान कैँची बरामद गरिएको छ ।