विजयपुर । धरान–१७ स्थित पञ्चकन्या मा.वि.ले कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरेको छ ।

मङ्गलबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुवास बर्देवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई खादा लगाई बिदाइ गरिएको छ ।

कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक खेम सुवेदी, सहायक प्रधानाध्यापक यम चाम्लिङ, कक्षा ११–१२ का संयोजक रुद्र लुङ्वालगायत शिक्षकहरूले शुभकामना प्रदान गरे ।

विद्यालयका शिक्षिका चम्पा खतिवडालाई कदर–पत्र प्रदान गरिएको छ । लामो समय विद्यालयमा अध्यापन गरेकी शिक्षिका खतिवडा शिक्षक सेवा आयोग उत्तीर्ण गरी स्थायी नियुक्तिका लागि अन्यत्र जानु परेकाले विद्यालयले कदर–पत्र प्रदान गरेको हो ।

college2

college1