धरान ।  धरान  २ स्थित जबर्जस्ती करणीमा संलग्न दुईजना प्रकाउ परेका छन्। 

जबर्जस्ती करणी उद्योगमा पिडित महिलाले शनिबार विहान दिएको जाहेरी अनुसार धरान उपमहानगरपालिका वडा नम्बर -२ बाट अस्लाम अन्सारी र विकी खानलाई प्रहरीले प्रकाउ गरेको धरान ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी मानबहादुर राईले जानकारी दिए।

दुवैलाई म्याद थपका लागि जिल्ला कार्यालय सुनसरी लगिएको  छ। श्रोतका अनुसार नशालु पदार्थ खुवाएर होटलमा लगी जबर्जस्ती करणी गरेको आरोप छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।