धरान । निराजन युवा क्लब धरान १५ को पहिलो साधारणसभा बिहीबार  सम्पन्न भएको छ।

संस्थाले बार्षीक व्यय-आय विवरण गरि ३४ हजार ८ सय रकम जम्मा गरेकोमा  २२ हजार  १ सय ७५ सापटी  लिएको  देखिएको छ।  उक्त साधारणसभाबाट ११ जना नयाँ कार्यसमिति चयन गरिएको छ।

अध्यक्षमा सञ्जु राई (सुमित्रा ), उपाध्यक्षमा दिपक राई, सचिव रोहित कुमार राई, सहसचिव पुनम गजमेर, कोषाध्यक्ष अशेष वेघा, सदस्य मौसम राई, सृजना राई, कुशल कार्की , माया राई र सुदेश लिम्बू चयन भएका छन्।

गत साल संस्थाले कोराना माहामारीको समय कोराना रोकथामका लागि जनचेतना मुलक सहयोग गरेको साथै छठ पूजालाई सफल  बनाउन निराजन युवा क्लबको संयोजकत्वमा  ४५ सदस्य  गठन गरि स्वयंसेवकका रुपमा सहयोग गरेको बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश कुमार इवारमको आतिथ्यमा भएको थियो ।

अध्यक्ष इवारमले कार्यक्रमको सम्बोधन गर्दै  निराजन बस्ती युवा क्लब खोल्ने ईछा भएकोले यो पहिले सुकुम्बासी बस्ती भएकाले  धेरै प्रक्रिया मिलाउदा समस्य भएपनि गत बर्षबाट निराजन बस्ती नाम राखेर क्लब खोलेकोमा यस ठाउँको पहिचान जोडिएको बताए ।

उनले पञ्चायतकालमा यस ठाउँलाई बस्ती बसाउन आफुले धेरै कष्टकर कार्यहरु गरेको बताउँदै समयसंँगै सबैकुरा परिमार्जन गर्दै अगि बढ्नु पर्ने बताए । 

Messenger_creation_d83321bc-637c-4d10-8046-d6d3bbd9e340

त्यो समयमा यहाँ हिडने बाटो समेत ३ फुट्को थियो ।अध्यारो कति लड्ने दुर्घटना हुने गर्थो तर अहिले सुविधा सम्पन्न सडक, बती, खानेपानी विकास हुँदा धेरै सहज भएको बताउँदै बस्तीको विकास गर्न निरन्तर लागि परेकाले अहिले निराजन बस्ती सुकुम्बासी भएपनि धरानको सुन्दर र सुविधा भएको वस्तिको रुप हर्ने पाउँदा निकै गर्भ र मन हर्षीत भएको बताए । 

त्यो समय १ सय १७ घर बसोबास गरेको बस्ती अहिले हजारौं घर बनेको छ। सुकुम्बासी बस्ति हटाउन  धेरै लागिपरेको त्यो समयमा राज विरेन्द्रका छोरा जन्मेको अवसर मिलाएर यश बस्तीको नाम समेत निराज राखि सामुहिक रुपमा बस्तीमा बसोबास गर्नेले हस्ताक्षर गरि राजधानी पढाएर निकै लामो  झन्झटिलो समस्या जेलेर यो बस्ति बसायको बताए ।  

यस ठाउँमा बसेर हुर्केका धेरै जनाले सरकारी निकायका कर्मचारी , बैंकका मेनेजर , अन्तर्राष्ट्रिय खेलाडी , नर्स , पत्रकार नेता भएको देख्दा गर्व लागेको बताए।  सुकुम्बासीमा बसेकाहरु खराव हुन्छ बढी झैझगडा हुन्छ भने कुरालाई यस्ले परिमार्जन गरेको छ ।   

अव्यवस्थित बस्तीमा बसेका हुर्केका मानिहरुपनि राम्रो नागरिक बन्न सक्छ भने उदाहरण बनेको छ। युवा कल्बले यस वस्तिमा हुने  खराब कामलाई निगरानी गरि सचेत गराउन र लागूओैषध दुर्वेसनमा लागेकालाई आफ्नो नातेदार , आफ्नो पार्टीको भनेर छाडने हैन गलत काम गर्नेलाई प्रहरीलाई सुचना गरि  निराजन वस्तिमा हुने बिकृतलाई निर्मुल गरि राम्रो समाजको रुपान्तरण गर्ने युवा लाग्नु पर्ने बताए। 

युवाहरु देशका खम्बा भएकाले समाज र देशको विकास गर्ने र उज्ज्वल भविष्य बनाउन सधै सहि मार्गदर्शन हिड्न सुझाव दिएका छन्।

विगत लामो समयदेखि निराजन बस्तीमा युवा कल्ब खोल्ने प्रक्रिया लिएर अगाडि बढिरहदा विभिन्न समस्याकारण दर्ता गर्ने रोकीएको थियो । 

गत बर्ष विधान मस्यौदा समीले अग्रज बुद्धिजीवी र कानुन विद् संँगको छलफल , परामर्शले धरान उपमहानगरपालिकाले जारी गरेको संस्था दर्ता नियमावली  अनुसार २०७९ कात्तिकमा  दर्ता गरेर पहिलो साधारण सभा सम्पन्न गरेको अध्यक्ष सञ्जु राईले बताईन्।

उनले  कल्बको आगमी योजना मानवीय सेवाका लागि रक्तदान कार्यक्रम गर्ने, युवा वर्गलाई कुलत र गलत मार्ग फस्नबाट जोगाउन खेलकुद, संगीत, नृत्य, साहित्य सम्बन्धी कार्यशाला गर्ने र युवाहरुलाई समाजप्रति उत्तरदायी र शान्ति सुरक्षामा सबल बनाउने  प्रशासन तथा प्रहरी कार्यालयसँग सहकार्य गरि नागरिक दायित्व र कानुनी व्यवस्थासम्बन्धी सचेतना अन्तरक्रिया  गर्ने  साथै तीनै तहका सरकारको नीति तथा कार्यक्रम  कार्यान्वयन गर्न सहकार्य गर्ने अध्यक्ष राईले बताईन् ।