विराटनगर । मोरङ प्रहरीले विराटनगर–१२ बाट दश जना जुवाडेलाई नगदसहित मङ्गलबार पक्राउ गरेको छ ।

विराटनगर–१२ सगरमाथा स्कुलछेउमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले नगद ८२ हजार ४ सय ३० रुपैयाँ र तास बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले विराटनगर–१२ का किसन श्रेष्ठ, सोही ठाउँका अजय मण्डल, आर्यन कामत, दीपक सहनी, देवेन्द्र सुब्बा, वेदनिधि दाहाल, दीपक सहनी, अनिश अधिकारी, बाबुराम कट्टेल र रामबाबु रायलाई पक्राउ गरेको छ ।