श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत १२ गते सोमबार, २५ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन शुक्लपक्षको पूर्णिमा तिथि १२ः४५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरफाल्गुनी १०ः५० बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०६ः०१ बजे र सूर्यास्त ०६ः१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानीको स्रोत पनि बढ्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ । काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिला । आफन्तले साथ दिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। थालेको कार्यले निर्णायक मोड लिनेछ। आम्दानीको स्रोत बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
 प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ । नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा विशेष फाइदा हुनेछ । कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतारमा काम गर्ने बानीले मिहिनेत खेर जान सक्छ। प्रक्रिया नमिल्नाले पनि काम दोहोर्याउनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विभिन्न भौतिक सुविधायुक्त वस्तुहरू जुटाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिउँसोतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।