धरान उपमहानगरपालिका वडा नम्बर -१८ स्थित जङ्गलको खोल्सीमा  मृत अवस्थामा भेटिएकी सुमनालाई उनकै प्रेमी सबिन भन्ने (बाबुराम  भुजेल )ले   हत्यामा गरेको  खुलेको छ।

 धरान उपमहानगरपालिका वडा नम्बर - १६ बस्ने बर्ष १९ का  सबिन भन्ने बाबुराम भुजेल  र मृतक सुमना श्रेष्ठबीच करीब २ बर्ष देखि फेसबुक मार्फत  चिनजान भएर  प्रेम सम्बन्ध  भएको  प्रहरीले जानकारी दिएको छ।

गत पौष महिना देखि  सुमनाले धरानमा रहेको  ग्लोबल ओरियन्समा काम गर्ने क्रममा उक्त कम्पनीमा काम गर्ने प्रदिप श्रेष्ठसंग नजिक हुन थालेको र एउटै फेसबुक आईडी समेत चलाएको  बाबुराम भुजेल थाहाँ पाएको  र गत चैत २ गतेबाट सबिन भन्ने (बाबुराम) भुजेल काम गर्ने क्रमा धनकुटाको मुलघाट गएर बसेपछि निज बिच झनै प्रेम सम्बन्धमा बिग्रीदै गएकाले  प्रेममा आफुलाई धोका दिएको हुनाले  निजले हत्या  सुमनाको हत्या गरेको स्वीकार गरेका छन्।

चैत ६ गते निजले सुमाना श्रेष्ठलाई भेट्न धनकुटा बाट धरान आएका थिए। उक्त साझँ भेटघाट गरी आफ्नै स्कुटरमा सुमना श्रेष्ठलाई राखी स्कुटर चलाउन सिकाउदैं दुबै जना घटनास्थल पुगेको   निजहरु बिच फेसबुको प्रयोगको बिषयलाई लिएर विवाद भएपछि निज बाबुराम भुजेलले हत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको छ।

अभियुक्त सबिन भन्ने बाबुराम भुजेललाई चैत  ९ गते सुनसरी जिल्ला अदालतमा ७ दिनको  म्याद  थप गरि ईलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धानका लागि राखिएको छ। प्रयोग गरेको एक थान मोबाइलसमेत बरामद गरिएको छ।  

हत्यारा बाबुराम भुजेललाई धनकुटा  नगरपालिका वडा नम्बर- ९  स्थित मुलघाटमा लुकिछुपी बसेको  अवस्थामा  पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख  विपिन रेग्मीले  बताएका छन् ।