धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेन र नेता तथा केन्द्रीय उपाध्यक्ष द्वय बुद्दिमान तामाङ्ग र रविन्द्र मिश्रले आज शुक्रबार १० बजे रिजाल भिजन पार्टी प्यालेस इटहरीमा हुने भेलालाई सम्बोधन गर्ने भएका छन् ।

संघीयता खारेजी, सनातन हिन्दू राष्ट्र नेपाल र संवैधानिक राजसंस्थाको स्थापनालाई मूल एजेण्डा बनाएर आगामी चैत्र २७ गते काठमाण्डौ केन्द्रित आन्दोलनका सन्दर्भमा र समसामयिक मूलुकको अवस्थाका सन्दर्भका विषयमा सम्बोधन तथा अन्तर्किया हुने सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेतले बताए ।

कार्यक्रमलाई केन्द्रिय सुशासन विभागका सदस्य रामकुमार सुब्बाले पनि सम्बोधन गर्ने उनले नाए उक्त कार्यक्रममा पार्टीका धरान , इटहरी , इनरुवा , दुहबी लगायत जिल्लाका सबै गाउँ , शहरबाट उपस्थिति हुने उनले बताए ।