झापाको भद्रपुर नगरपालिका वडा नम्बर - २ स्थित एक  व्यक्तिले खन्तीले  टाउकोमा प्रहार गर्दा १ जनाको मृत्यु भएको छ।

बुधबार राति करिब  ९ बजे स्थानीय ३५ बर्षीय सनम भन्ने गंगा राई र सोहि स्थानमा बस्ने  ३० बर्षीय कमान सिंह राईको घरमा आई सुतेका थिए। बिहिवार विहान ५ बजे  गंगा राई सुतेको अवस्थामा मृत भेटिएका थिए।

 पुरानो रिसिवीको कारण  कमान सिंह राईले सुतिरहेकै अवस्थामा फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गंगा राईको घट्नास्थलमै मृत्यु भएको खुलेको छ।

 घटनामा संलग्न राईलाई  प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।