धरान वडा नम्बर - १८ स्थिति  विपि प्रतिष्ठानको पछाडि जङ्गलको खोल्सीमा भेटिएको युवतीको पहिचान  खुलेको छ।

 प्रहरीका अनुसार बुधबार जङ्गलमा भेटिएको युवतीको शव  धरान वडा नम्बर १६ निवासी   सुमना श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ।

 ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईका अनुसार हत्यामा संलग्न व्यक्तिको खोजी कार्य  भईरहेको छ।

 घटनाको अवस्था हेर्दा एक भन्दा बढीको संलग्न रहेको प्रहरीले अनुमान गरेको छ।  घटनामा  सामेल भएकाहरुको तिब्र रुपमा खोजिका कार्य भएको साथै खोजिका लागि  अन्य जिल्लामा समेत  प्रहरी परिचालन भएको प्रहरीले  बताएको छ।

मृतक भेटिएको शवको घाँटीमा धारिलो हतियारले रेटिएको  अवस्थामा शव फेला परेको थियो। भेटिएको शव भन्दा केही पर  खुकुरीसमेत  भेटिएको प्रहरीले जानकारी दिएको छ।