विराटनगर । मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ ।

राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका घर भइ मोरङ ग्रामथान गाउँपालिका बस्ने ३८ वर्षीय धिरेन कुमार खाँ चौधरीलाई पक्राउ गरी मंगबलार सार्वजानिक  गरेको हो ।

हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट सोमबार राती २ बजे पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका चौधरी र राई ढेड वर्षदेखी माया प्रेममा रहेको प्रहरीले जनाएको छ ।

किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको प्रराम्कि चरणको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । चौधरी विवाहित हुन् । उनका श्रीमति चार वर्षदेखि वैदेशिक रोजगारमा रहेका छन् । श्रीमतिसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक संजालमाफर्त किशोरीसँग चिनजान र नजिकिएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । पक्राउ परेका चौधरीको १४ वर्षको छोरा रहेको छ ।

उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु ९मामाको छोरा० विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्। ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन्। २ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेकी थिइन् । बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको पाइएको उनको भनाइ छ।