विजयपुर । इङ्नाम–इवाहाङ–पापो–थोबो सङ्जुम्भो वंशावलीको ३१ औं स्थापना दिवस मनाइएको छ ।

सोमबार सङ्घीय कार्यसमिति धनकुटा जिल्ला समिति तथा सम्पूर्ण मातहतका समितिको आयोजनामा दिवस मनाएको धनकुटा जिल्ला समितिका संयोजक दिलिप इवाहाङले जानकारी दिए ।

मिक्तोक इवाहाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा लीलाराज लावती प्रमुख अतिथि रहेका थिए । वंशावली संस्था २०४८ सालमा दर्ता भएको भूपेन्द्रसुन्दर लावतीले जानकारी दिए ।