ग्रामिण पत्रकार समूहको छैठौं स्थापना दिवसको अवसरमा समूहले पत्रकार परिवार मिलन कार्यक्रम गरेको छ ।

पत्रकारको स्वतन्त्र पत्रकारितामा परिवारहरुको योगदानको चर्चा गर्दै उनीहरुलाई कदरपत्रले सम्मानसमेत गरिएको छ ।

सोही अवसरमा समूहले लोगो अङ्कित टिसर्ट सार्वजनिक गरिएको छ । प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले पत्रकारका अभिभावकलाई सम्मान गरे ।

सो अवसरमा बोल्दै नगरप्रमुख कार्कीले वराहक्षेत्रमा रहेर पत्रकारिता गर्ने संचारकर्मीसँग समन्वय गरेर नगरको विकास निर्माणमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

Ramesh Karki

स्थापना दिवसका अवसरमा वराहक्षेत्र- ८ का वडाध्यक्ष रोशन खड्काले टिसर्ट सौजन्य गरेका थिए । उनले शुभकामना व्यक्त गर्दै वराहक्षेत्रको विकासमा रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।

सो अवसरमा वडा ७ का वडाध्यक्ष कपिल आचार्य, पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, सुनसरी महासङ्घका उपाध्यक्ष गणेश निरौला, मिडिया नेपालका प्रदेश अध्यक्ष विजयकुमार राउत, समूहका संस्थापक अध्यक्ष तथा सल्लाहकार बाबुराम कार्कीलगायतले शुभकामना दिएका थिए । दिवसका अवसरमा समूहका पदाधिकारी तथा सदस्यलगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।