बिहेको भोज खान मावली गएका ५ वर्षीय बालक बेपत्ता भएका छन् । 

धरान-८ भोटेपुल स्थित अटल पम्प छेउका  निर्भिक तामाङ हिजो बिहीबार दिउँसोबाट बेपत्ता भएको उनको परिवारले जनाएको छ ।

परिवारले दिएको जानकारी अनुसार बिहेभोज खान इलामको रोङ गाउँपालिका-२ गएका बालक बिबाहको भोलिपल्टबाट सम्पर्क बिहिन बनेका छन् । परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएपनि बालक फेला नपरेकाले खोजीमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ । बालक फेला परेमा  9842173879 तथा 9842166645 मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।