विजयपुर । इलाका प्रहरी कार्यालय धरानमा सात दिवसीय योग प्राणायाम तथा ऊर्जा शिविर सम्पन्न भएको छ ।

जीवन विज्ञान कोशी प्रदेशको आयोजनामा समुदायमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चलेको शिविर बुधबार सम्पन्न भएको हो । इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेले उनले प्रत्येक व्यक्ति अनुशासित र कार्यप्रति एकाग्र रहन १५ मिनेट ध्यान गर्न आवश्यक रहेको बताए ।

ऊर्जा तथा ध्यान शिविरमा जीवन विज्ञान कोशी प्रदेश संयोजक केदार कार्की, जीवन विज्ञान धरान संयोजक कमला निरौला, पवित्र घिमिरेले ७ दिने योग तथा ध्यान शिविरको सहजीकरण गरेका थिए । डिएसपी नवराज मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी कार्यालय फुस्रेका डिएसपी बुद्धिनारायण महर्जन, वराहक्षेत्र नगरपालिका कार्यकारी प्रमुख दीपेन्द्रबहादुर मल्ल, धरान उपमहानगरपालिका १७ नं. वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) कार्यपालिका सदस्य सिर्जना नेपाललगायतको उपस्थिति रहेको थियो ।

योग प्राणायाम र ऊर्जा ध्यान शिविर माघ १८ गतेदेखि सुरुवात भएको थियो । कार्यक्रममा स्मृति राणा मल्लले लेखेको पुस्तक सुन्दरकाण्ड लोकार्पण पनि गरिएको छ ।