धरान । गत माघ ६ गते सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ की ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या आरोपमा धरानका एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर अशोककुमार जवेगूका अनुसार हत्या आरोपमा सुनसरी धरान–१३ जिरोपोइन्टका ३० वर्षीय दीपेन राई भनिने आकाश राईलाई माघ ११ गते धरानको एक होटलबाट पक्राउ गरिएको हो ।

आरोपित राईले मृतक घिमिरेको कानमा लगाएको बेरुवा लुट्ने हिसाबले हत्या गरेको खुलेको इन्स्पेक्टर जवेगूले जानकारी दिए । उनले उक्त सुन खरिद गरेका धनकुटा पाख्रीबास नगरपालिका–४ का धनमाया विश्वकर्मा र सोही स्थानका अर्को ज्वेलर्सका ५३ वर्षीय देवबहादुर विश्वकर्मालाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।