धरान । सरकारी छाप कीर्तेसम्बन्धी कसूरमा ५ जना पक्राउ परेका छन् ।

मोरङ रतुवामाई नगरपालिका वडा नं.३ का वडाध्यक्ष देवीलाल ताजपुरियाको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रतुवामाई–४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखनलाल राजवंशी र ६४ वर्षीय  कन्हारुलाल केवरत पक्राउ परेका हुन् ।

कात्तिक २ गते सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा उनीहरूलाई कात्तिक १६ गते मोरङ जिल्ला अदालतबाट अनुमति लिई मङ्सिर ९ गते पक्राउ  गरेको हो ।