ट्विचका सह–संस्थापक एम्मेट सियरले ओपनएआईको नयाँ प्रमुख कार्यकारी (सिइओ) का रूपमा आफ्नो नियुक्ति पुष्टि गरेका छन्। एआई फर्मले साम अल्टम्यानलाई सिइओबाट बर्खास्त गरेको केही दिनपछि सोमबार सियरले आफ्नो नियुक्ति पुष्टि गरेका हुन्। 

“आज मलाई एउटा फोन आयो, फोनमा मलाई ओपनएआईको अन्तरिम सिइओ बन्नका लागि जीवनमा एक पटक प्राप्त हुने अवसरमाथि विचार गर्नका लागि आमन्त्रण गरियो, मेरो परिवारसँग परामर्श गरेपछि र केही घन्टासम्म विचार गरेपछि मैले उक्त पद स्वीकार गरेँ” उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

कम्पीबाट अन्य उच्च प्रोफाइलको प्रस्थानका साथै सह–संस्थापकलाई फिर्ता ल्याउनका लागि प्रमुख लगानीकर्ताहरूको दबाबमा ओपनएआईको बोर्डले शुक्रबार आफ्ना पूर्वसिइओ अल्टम्यानलाई बर्खास्त गरेको थियो ।