चीनले अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति जेभियर मिलेईलाई बधाई दिँदै उहाँसँग काम जारी राख्ने बताएको छ। निर्वाचन अभियानमा मिलेईले बेइजिङसँग सम्बन्ध तोड्ने वाचा गर्नुभएको थियो। 

“चीनले सधैँ रणनीतिक र दीर्घकालीन दृष्टिकोणले चीन–अर्जेन्टिना सम्बन्धको विकासलाई उच्च महत्त्व दिएको छ”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, “चीन–अर्जेन्टिना सम्बन्धको विकास दुवै मुलुकमा समाजका सबै क्षेत्रबीच आम सहमति बनेको छ र यसले दुवै मुलुकका जनतालाई ठोस लाभ दिएको छ ।”

उनले चीन–अर्जेन्टिना मित्रताको निरन्तरताका लागि अर्जेन्टिनासँग काम गर्न चीन इच्छुक रहेको बताएका छन् ।“जित–जित सहयोगमार्फत सम्बन्धित विकास र पुनरुत्थानलाई चीन समर्थन गर्छ”,उनले भने

स्वयंलाई ‘अराजक पूँजीवादी’ बताउने मेइलीले लामो समयदेखि अर्जेन्टिनाको राजनीतिमा प्रभुत्व जमाउँदै आएको पेरोनिस्ट गठबन्धनलाई हटाउने गरी ठूलो परिवर्तन गरेको छ। उनले अर्जेन्टिनाका शीर्ष व्यापारिक साझेदारमध्येको एक चीनका साथै ब्राजिलसँग पनि सम्बन्ध तोड्ने वाचा गर्दै भने “म कम्युनिष्टहरूसँग व्यापार गर्दिनँ।”

उनले आफू गर्भपतनको विरुद्ध रहेको पनि बताएका छन्। उनले पोप फ्रान्सिसको समेत अपमान अर्जेन्टिनाको क्रुर तानाशाहीअन्तर्गत मृत्यु हुनेको सङ्ख्यामाथि प्रश्न गर्दै उनले जलवायु परिवर्तनमा मानवको हात नरहेको बताएका छन् ।