भद्रपुर । झापाको गौरादहमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान ३ बजे उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गौरादह– ३ का युवराज खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले बताए ।

इलाका प्रहरी कार्यालय गौरादह र दमकको टोलीले उनीहरुको साथबाट एक लाख ३५ हजार ९ सय २० रुपैयाँ , १६ थान कौडा र ३ बुक तास बरामद गरेको उनले जानकारी दिए ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानका लागि राखिएको छ ।