श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कार्तिक १५ गते बुधवार, १ नोवेम्बर २०२३, पिंगल संवत्सर, कार्तिक कृष्णपक्षको चतुर्थी तिथि २१ः३७ बजेसम्म उप्रान्त पञ्चमी, नक्षत्र मृगशिरा भोलि ०४ः५१ बजेसम्म आर्दा, चन्द्रराशि–वृष, सुर्योदय ०६ः१३ बजे र सुर्यास्त ०५ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्रोत–साधन जुट्नाले व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। मनमा दुविधा बढ्ने हुँदा हतारमा निर्णय नलिनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सजग रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।नयाँ अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा प्रगति हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गुरुजनको साथ–सहयोग जुट्नेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ईष्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ।