स्वस्थानी व्रत कथामा उल्लेख भएको पवित्र तीर्थस्थल धरान विजयपुरमा अवस्थित प्रसिद्ध दन्तकाली देवीको मन्दिरमा आज नवरात्रको सातौं दिन फूलपातीको अवसरमा पूजा अर्चना गर्न भक्तजनको भीड लागेको छ ।

दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

आजको दिनमा दन्तकाली देवीको दर्शन गरे पूण्य प्राप्त हुने विश्वास छ । धार्मिक क्षेत्रमा घट्दो चहलपहलको मारमा परेको धरानस्थित मठमन्दिर र शक्तिपीठमा केही चहलपहल बढेको देखिएको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

तस्बिरहरुमा हेर्नुस् विजयपुरस्थित दन्तकाली मन्दिर र भक्तालु । 
dantakali dashain13

dantakali dashain12

dantakali dashain11

dantakali dashain10

dantakali dashain9

dantakali dashain8

dantakali dashain7

dantakali dashain6

dantakali dashain5

dantakali dashain4

dantakali dashain3

dantakali dashain2

dantakali dashain1