उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा बिहीबार एक कारखाना भत्किँदा तीन जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् । उनीहरूका अनुसार दुर्घटना  दिउँसो तीन बजे भएको हो ।  

इजिन हारो ब्यानरको जासाक टाउनसिपमा रहेको माटाइहो कोइलाखानीमा पहिरो जाँदा ११ कामदार फँसेको ओर्डोस सहरको आपत्कालीन व्यवस्थापनले जनाएको छ ।

फसेका सबैलाई शुक्रबार ३ः५५ मा उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो । दुर्घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।