गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४ सय ७१ जनाको मृत्यु हुनुका साथै ३ सय भन्दा बढी घाइते भएको गाजास्थित हमासनियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । 

“ब्याप्टिस्ट अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ४ सय ७१ पुगेको छ, र २८ जनाको अवस्था गम्भीर छ, साथै, ३ सय १४ जना घाइते भएका छन्,“ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २सय देखि ३सय जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन् ।आक्रमणले अरब विश्वमा आक्रोश फैलाएको छ।इजरायल र प्यालेस्टाइनी लडाकूसमूहले मङ्गलबार उक्त केन्द्रमा भएको आक्रमणका लागि एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।