विजयपुर । यामाहाको नयाँ मोडेलको मोटरसाइकल लन्च गरिएको छ ।

बिहीबार धरानमा विजयपुर ट्रेडर्सले यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल लन्च गरेको हो । धरान–१२ का वडाध्यक्ष टङ्कबहादुर राईले मोटरसाइकल लन्च गरे । मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।

मोटरसाइकल ट्राइड, टेस्टेड स्ट्रस्टेड एफआई इन्जिन र डबलडिस्क रहेको सर्भिस एसिस्टेण्ट मेनेजर अमितकुमार झाले बताए । विजयपुर ट्रेडर्सका अध्यक्ष प्रभाव खतिवडाले सस्तो मूल्यमा गुणस्तरीय मोटरसाइकल पाइने बताए । उनका अनुसार मोटरसाइकल कालो र निलो आकर्षक नयाँ रङहरूमा उपलब्ध छ ।

मोटरसाइकल १४९ सिसी एयर कुल्ड फोर स्ट्रोक सिङ्गल–सिलिन्डर ब्लुकोर इन्जिन रहेको छ । मोटरसाइकलले प्रतिलिटर औसत ४५–५० किलोमिटर माइलेज दिन्छ ।