सुनसरी जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटना र गतिविधिबारे जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र ब्लाष्टखबर डटकमको  सहकार्यमा ट्राफिक अपडेट बुलेटिन नियमित प्रकाशन प्रसारण सुरु भएको छ । 

हिजो असोज १५ गते अपराह्न ३ः ३० बजे इटहरी २० स्थित तरहरा चोकमा सवारी दुर्घटना हुँदा दुई जना घाइँते भएका छन् । कोशी लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकलयात्रीलाई तेजबहादुर अधिकारीलाई दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को १ ह ५३५१ नं को सिटी सफारीले ठक्कर दिंदा घाइँते भएका छन् । 

सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका घर भई इटहरी १ बस्ने अधिकारीको टाउको र ढाडमा चोट लागि उपचारको लागि विजयपुर अस्पताल धरान ल्याइएको छ । 

उनको अवस्था सामान्य छ । सिटीसफारी र साइकल तरहरा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ  । सिटीसफारी चालक रामधुनी ७ को भूपेश गिरीसमेत घाइँते भएका छन् । चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी  दिएको छ । 

यस्तै हिजै इनरुवा १ स्थित इनरुवा बोर्डिङ स्कुल अगाडि भित्री पक्की सडक खण्डमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १०२०४२ प ९०४ नं को मोटरसाइकलले विपरीतदिशातर्फ आउँदै गरेको प्र १०२०४२ प ३७२५ नं को मोटरसाइकल एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा इनरुवा का कुनाल सोनी सामान्य घाइँते भएका  छन् । अर्का मोटरसाइकल चालक भोक्राहानरसिंह ५ का सुनिल यादव र पछाडि सवार सोही स्थानका देवनन्दन यादवको टाउको र हातमा चोट लागेको छ । उनीहरुको  अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तीनै जनाको सामान्य उपचारको लागि जिल्ला अस्पताल इनरुवा सुनसरी पठाइको छ । दुबै मोटर साइकल जिप्रका सुनसरीको नियन्त्रणमा रहेको छ ।

यसैगरी दुहबी ८ रमपम फ्याक्ट्रीस्थित कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३३ प १००७ नम्बरको ११० सिसिको स्कुटर अनियन्त्रित भई रोडको डिभाइडरमा ठोकी दुर्घटना हुँदा चालक इटहरी ३ तालतलैयाका शुभाष राई घाइँते भएका छन् । उनको टाउको, नाकमा चोट लागेको छ । तत्कालको अवस्था बोल्न नसक्ने गम्भीर घाइँते उनको उपचारको लागि विराटनर्सिङ हस्पिटल पठाइएको प्रहरीले जानकारी दिएको छ । स्कुटर इप्रका दुहबीको नियन्त्रणमा रहेको छ । मादक पदार्थ सेवन गरेको र तीव्र गतिमा सवारी चलाएकाले दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

TraU1

TraU2

TraU3

Traffic-Update-4