धरान । झापाको भद्रपुर नगरपालिका–४ बाट प्रहरीले मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ ।

सोमबार मे.११ प ४३०७ नम्बरको मोटरसाइकल चोरी गरी लैजाने क्रममा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार किसनगञ्ज जिल्ला सकिनतोतुलगुडी रुइधासाका २९ वर्षीय मोहम्मद जुबेरसहित झापा बाह्रदशी गाउँपालिका–२ का ३५ वर्षीय जफिर आलम रहेका छन् ।

दुवैलाई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई अनुसन्धान सुरु गरिएको छ । उक्त मोटरसाइकल इलाम देउमाई नगरपालिका–३ घर भई हाल झापा बिर्तामोड नगरपालिका–४ बस्दै आएका २० वर्षीय निश्चल राईको रहेको प्रहरीले जनाएको छ ।