धरान । दशैँतिहारलाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैँ योजना सार्वजनिक गरेको छ ।

दशैँ योजनाअन्तर्गत दुई सय र तीन सय एमबीपीएस इन्टरनेट चलाउँदा मात्रै मासिक ९ सय ७ र एक हजार एक सय ७७ रुपैयाँमा पाउने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत जेडटीइको फाइभ गिगाहर्ज राउटर र स्मार्ट सेटअप बक्स निःशुल्क प्राप्त गर्ने जनाएको छ ।

त्यस्तै सेकेन्डरी राउटर जडान गर्न चाहनेका लागि पनि हालसम्मकै सस्तो मूल्यमा प्रदान गरिने जनाएको छ । यसैबीच क्लासिक टेकले कारो टेल कम्पनीसँग भिडियोकोनको स्मार्ट टिभी सेट बिक्री वितरणका लागि साझेदारी गर्ने भएको छ । गतवर्ष कम्पनीले भिडियोकोनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी सेट बजारको मूल्यभन्दा सस्तोमा बिक्री गरेको थियो ।

भिडियोकोनको ३२ इन्चको टिमलाई १९ हजार १ सय ३१ र ४३ इन्चलाई २८ हजार ७ सय १ रुपैयाँमा लिन सकिने कम्पनीले जनाएको छ । त्यस्तै विद्यमान ग्राहकलाई पनि विशेष अफर ल्याएको जनाएको छ । २५० एमबीपीएसको वार्षिक नवीकरणमा ५ सय एमबीपीएस इन्टरनेट स्पिड पाउने जनाएको छ । त्यस्तै १२ महिनाको रिचार्ज गर्दा २४ महिनासम्म इन्टरनेट चलाउन सकिने कम्पनीले जनाएको छ । यो अफर विशेष अवधिका लागि रहेको कम्पनीले जनाएको छ ।