माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएका  छन् । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित भएका हुन ।

माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स ९पिपीएम० का उम्मेदवार मोहम्मद मुइज्जुले शनिबार भएको निर्वाचनमा सोलिहलाई पराजित गरेका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट जित हासिल नगरेपछि  दोस्रो चरणको मतदानमा उनले जित हात पारेका छन् ।  उनले ५३ प्रतिशत मत प्राप्त गरेका छन् । 

लोकतन्त्र सुदृढ भइनसकेको हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्सले चीनसँगको नयाँ र भारतसँगको परम्परागत सम्बन्धलाई अब कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो बढेको छ । राजनीतिक विश्लेषकहरूले  नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको कूटनीतिक परीक्षण हुने बताएका छन् । 

नेता मुइज्जु चिनियाँ ऋण स्वागत गर्ने र यसअघि सत्तामा हुँदा असहमतमाथि दमन गर्ने व्यक्तिका रुपमा परिचित छन् । देशको राष्ट्रपति निर्वाचित भएपछि आफ्नो पार्टीको मुख्यालयमा मन्तव्य व्यक्त गर्दै आफूलाई मतदान गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन्। राष्ट्रपति निर्वाचित मुइज्जुले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका पूर्वराष्ट्रपति अब्दुल्ला यामीनलाई रिहा गर्न सरकारलाई आग्रहगरे 

मुइज्जु हाल राजधानी मालेको नगरप्रमुख हुनुहुन्छ । उनले बेलायतको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् ।