नेकपा एमाले धरान उपमहानगर कमिटीले प्रदेश प्रतिनिधिको नामावली निर्विरोध टुंग्याएको छ । नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनका लागि प्रतिनिधि छनोट निर्वाचन समितिले अन्तिम नामावली आज प्रकाशित गरेको छ । बैठकले प्रतिनिधिको नामावली निर्विरोध टुंग्याएको निर्वाचन अधिकृत पदमप्रसाद लिम्बू इस्बोले जानकारी दिए ।

खुल्ला, महिला र युवा गरी तीन समूहमा छनोट गरिएका प्रतिनिधिमा खुलातर्फ नौ जना महिलातर्फ पाँच जना र युवातर्फबाट एक जनालाई चयन गरिएको छ ।

खुल्लातर्फबाट चयन हुनेमा जयकुमार राई, तीर्थ मास्के, दोर्पध्वज राई, प्रकाश राई, मोतीराज सुनुवार, रमेशकुमार बस्नेत, रामकुमार आङबुहाङ, विजय राई, सूर्यप्रकाश पन्धाक छन् ।

महिलातर्फबाट कल्पना शेर्पा, मौसम राई, रुफिना गुरुङ, लहरुमाया जिमी, सुशीला पहाडी ढकाल चयन भएका छन् ।

युवा तर्फबाट ईन्द्रकला राई चयन भएकी छन् ।

यस अघि प्रदेश प्रतिनिधिका लागि मजदुरबाट भीमज्वाला राई साथै दलितबाट रामकुमार सेवा र लीलाबहादुर विश्वकर्मा निर्विरोध चयन भएका थिए ।