श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ २० गते बुधबार, ६ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र कृष्णपक्षको सप्तमी तिथि १५ः५५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र कृतिका ०९ः३५ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः१९ बजे र सूर्यास्त ०६ः४४ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । सुन्दर पहिरनले आकर्षण ल्याउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च, विवाद बढ्ने समय रहेकाले महŒवाकाङ्क्षी योजनामा अघि नबढ्नु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्चको जोहो गर्न आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।