बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दूरावस्था व्यवस्थापनमा मात्र होइन, यहाँको भौतिक अवस्थामा पनि देखिने गरेको छ । प्रतिष्ठानभित्रका बाटाघाटा र सडक उत्ति चित्त बुझ्दो छैनन्। वर्षौंदेखि स्तरोन्नति नगरी यथास्थितिमै छ ।

प्रतिष्ठानको 'गाइनो वार्ड' जस्तो संवेदनशील क्षेत्र प्रवेश गर्ने सडक विगत आधा दशकदेखि जीर्ण अवस्थामा छ । प्रसुतिका लागि आपतकालीन बिरामीलाई वार्डसम्म लाँदा एम्बुलेन्सलाई समेत अप्ठ्यारो पर्ने सडक ६ वर्षदेखि उस्तै रहेको प्रतिष्ठानमा ड्युटीमा रहेका एक सुरक्षा श्रमिकले बताए ।

बिरामीलाई असुविधा हुने सडक निर्माण गर्न प्रतिष्ठान उदासिन देखिएको एम्बुलेन्स चालक अमृत श्रेष्ठले बताए । बिरामी लिएर प्रायः आइरहने उनी गाइनो वार्ड प्रवेश गर्दा बाटोकै कारण थप सचेत हुनुपर्ने अवस्था रहेको बताउँछन् ।

प्रतिष्ठानको प्रसुति विभागमा दैनिक ४ सय ५० बिरामी आउने गरेको तथ्याङ्क छ । 

Bpkihs road1

bpkihs road2

bpkihs road3

bpkihs road4

bpkihs road5

bpkihs road6

bpkihs road7