घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले पुनः आईपीओ निष्काशन गरेकाे छ । यस अघि नै निस्कासन भएकाे घोराही सिमेन्टकाे आईपीओ असार ४ गते नेपाल धितोपत्र बोर्डले स्थगित गरेकाेमा २० गते बाेर्डकाे निर्देशनमा आजबाट पुनः सुचारु भएकाे हाे ।
कम्पनीकाे असार २४ गते सम्म आईपीओ आवेदन खुल्ला गर्ने भएकाे छ । माग अनुसारको आवेदन नपरेमा खण्डमा असार ३१ गतेसम्म निष्काशन अवधि लम्बिने कम्पनीले जानकारी दिएको छ।
सिमेन्टको यस आईपीओ कम्पनीले प्रति सेयर कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेकाे थियाे।
सेबोनले दिएको निर्देशन अनुसार यस अघि आईपीओ भरेर आवेदन दिइसकेका आवेदकहरुले असार २२ गतेदेखि २४ गतेसम्मको अवधिमा आवेदनमा दिएको सेयर संख्या थपघट गर्न वा आवेदन फिर्ता वा बदर गर्न चाहेमा आफ्नो सि आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने सूचनामा उल्लेख छ।