काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को समर्थनमा इटहरीमा  युवाहरुले र्‍याली निकालेका छन् । ‘निर्दल बालेनका पक्षमा हाम्रो दलबल स्वतन्त्र नागरिक र्‍याली’ को नाममा युवाहरुले बालेनका पक्षमा इटहरीमा र्‍याली निकालेका हुन् ।

'देशको राष्ट्रिय स्वाधिनता, सम्प्रभुता तथा राष्ट्रिय अखण्डता रक्षाको लागि हाम्रो अभियान' भन्ने नाराका साथ सुनसरीको इटहरीमा युवाहरुले बजार क्षेत्रमा प्रदर्शन गरे । 

‘बेथितिविरुद्ध बालेनको ह्यामर तयार छ...’ ‘नेपालको सांस्कृतिक हमलाविरुद्ध हाम्रो आवाज’ लगायतका नारा लेखिएका प्लेकार्डसहित युवाले प्रदर्शन गरेको संयोजक पारमणी गेलालले जानकारी दिए । 

‘बालेनजस्ता काम गर्नेहरुका पक्षमा हामी छौं र बालेन जस्ता युवाहरु इटहरी लगायतका ठाउँहरुमा पनि तयार हुन पर्छ भन्ने संदेश दिन र्‍यालीको आयोजना गरिएको हो ।’ संयोजक गेलालले भने । 

Balen supporter itahari rally_blastkhabar (3)

Balen supporter itahari rally_blastkhabar (4)

Balen supporter itahari rally_blastkhabar (1)

Balen supporter itahari rally_blastkhabar (2)