देउराली ।  धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले धारामा पानी नआएको भन्दै आन्दोलित भएका छन् । प्रतिष्ठानका होस्टेलमा पानी नआएपछि सास्ती भोग्नु परेको भन्दै सयौँ विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।

शुक्रबार प्रतिष्ठानको अध्ययनरत विद्यार्थीहरूको संगठन विद्यार्थी कल्याण समाजको आयोजनामा प्रतिष्ठानका ५ सय बढी विद्यार्थीहरूले विभिन्न प्लेकार्ड बोकेर नाराबाजी गर्दै प्रतिष्ठानको होस्टेलबाट भिसी कार्यालयसम्म प्रदर्शन गरेका छन् । बाल्टी, तौलिया, बकेट लगायतका सामाग्री बकेर आन्दोलनमा उत्रिएका उनीहरूले होस्टेलमा भइरहेको पानी समस्याका कारण नुहाउन, पिउन नपाएको भन्दै नाराबाजी गरेका हुन् । 

एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी रमेश  विकेले भने 'लामो समयदेखि होस्टमा पानी आइरहेको छैन,  विद्यार्थीहरूले नुहाउन पाइरहेका छैन । पानी आउँदा पानी आउँदा पनि पिउन योग्य पानी आउँदैन ।  मेडिकल पढ्न आएको  हाम्रो स्वास्थ्य बिग्रने खतरा भयो ।'

उनले पटक–पटक प्रशासनलाई जानकारी गराउँदा पिन सुनुवाइ नभइको भन्दै  सचेत गराउन शान्तिपूर्ण  र्‍याली प्रदर्शन गरेको उनले बताए । 

पिउन र खानेपानी नहुँदा समस्या भोग्नु परेका भन्दै प्रशासनको ध्यानाकर्षण गराउन  शान्तिपूर्वक र्‍याली गरेको  प्रतिष्ठानको दन्त चिकित्सामा दोस्रा वर्षमा अध्ययनरत विद्यार्थी प्रकाश ढकालले भने ' बिहानै पानी नहुँदा साझै पानी नहुँदा हरेक कुराका लागि पानी चाहिने हुँदा धेरै समस्या छ ।' 

पानी जस्तो आधारभूत आवश्यकता नपाउँदा समस्या भोग्नु परेपछि विद्यार्थी आन्दोलित हुन बाध्य भएको बताउँदै  चौथो वर्षमा अध्ययनरत एक छात्राले बाहिर जस्तो आ९आफ्नो घरमा ट्याङ्किमा किने जसरी होस्टेलमा विद्यार्थीहरूले व्यवस्थापन गर्न नसकिने भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्न जरुरी भएको बताइन् ।

प्रतिष्ठानममा पानीकाे अभाव हुँदा अस्पताल र आवास क्षेत्र समस्या देखिने गरेकाे छ ।